सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा १५ जना घाइते

Share:

काठमाडौँ। सिन्धुली हुँदै पूर्व मोरङतर्फ जाँदै गरेको माइक्रोबस सिन्धुलीमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

काठमाडौँबाट मोरङका लागि छुटेको बा ५ ख ६६१८ नम्बर हायस बस सिन्धुलीको कमलामाई नगरपालिका ८ सिस्नेरीमा दुर्घटना हुँदा १५ जान घाइते भएका सिन्धुली प्रहरीले जनाएको छ।

तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सिन्धुली प्रहरी कार्यालयले जनाएको छ।

माइक्रो बसमा १९ जना सवार छन्। उनीहरूमध्ये चारजना सकुशल छन्। उनीहरूलाई अर्को बसमा गन्तव्यतर्फ पठाइएको सिन्धुली प्रहरीले जनाएको छ।

दुर्घटनाका घाइतेहरूलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानको घोपा पठाइएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: