
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।
यसअघि असोज ११ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँ कायम भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
कमेन्ट गर्नुहोस्
