स्याङ्जामा जिप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते

Share:

पोखरा। स्याङ्जाको आँधीखोला गाउँपालिका-२ बेझाङस्थित भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्।

आज बिहान करिब ११ बजेको समयमा सिरुवारिबाट पोखरा तर्फ आउँदै गरेको ग.१ ज. ५७५६ नम्बरको बोलेरो जिप (डबल क्याप) ब्रेक फेल भई सडकको कुना साइडको नालीमा पल्टिन पुगेको हो।

घाइते हुनेमा आँधीखोला गाउँपालिका-५ का ५० वर्षीय आत्मराम सिग्देल, ८४ वर्षीया कलावती घमिरे, ३२ वर्षीया सिर्जना चापागाईं रहेका छन्।

यस्तै, पोखरा-१७ छोरेपाटन बस्ने १६ वर्षीया अमना नेपाली, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-५ आरुचौर बस्ने ५८ वर्षीया शान्तिकुमारी सापकोटा, ६१ वर्षीय शिव सिग्देल र पोखरा-११ बस्ने मनिषा नेपाली सकुशल र उनको ३ वर्षीया छोरी सोफिया नेपाली रहेका छन्। उनीहरूलाई उपचारको लागी सेतिदोभान स्वास्थ्य चौकीमा पठाइएको छ ।

उनीहरूको हातखुट्टा र टाउकोमा चोट लागे पनि अवस्था सामान्य रहेको प्रहरीले बताएको छ। चालक सामान्य रहेका छन्। दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: