बढी भाडा लिने ६ वटा गाडीका चालक र सह-चालक पक्राउ

Share:

काठमाडौँ। प्रहरीले विभिन्न रुटका बढी भाडा लिने सवारी साधनका चालक र सह-चालकलाई पक्राउ गरेको छ।

प्रहरीले काठमाडौँबाट तनहुँ, लमजुङ र पोखरा जाने ६ वटा हायसका तीनजना चालक र तीन सहचालकलाई पक्राउ गरेको हो।

उनीहरूले तोकिएकोभन्दा दोब्बर भाडा लिएको यात्रूहरूले उजुरी गरेपछि प्रहरीले पक्राउ गरेको हो।

हायस सञ्चालकले काठमाडौँबाट पोखराको भाडा ७५० तोकिएकोमा १५ सय रुपैयाँ लिएको पाइएको छ।

 

कमेन्ट गर्नुहोस्
Share: