हुम्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

Share:

काठमाडौँ। हुम्लामा शनिबार दिउँसो जिप दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ। लु११ च २३४३ नम्बरको बोलोरो जिप दुर्घटना हुँदा  बाँकेका ४९ वर्षीय विष्णु परियार र हुम्लाको चंखेली गाउँपालिका-६ का ४ वर्षीय अभिषेक बुढाको मृत्यु भएको हो।

खार्पुनाथ गाउँपालिकाबाट नेपालगन्ज तर्फ जाँदै गरेको बोलोरो जिप पैमा पिलाघारा भन्ने स्थानमा दुर्घटना भएको हो।

हुम्लाबाट नेपालगन्ज जाँदै गरेको जिपमा ७ जना सवार रहेको जिल्ला प्रहरी कार्यालयले बताइएको छ।

ताजाँकोटको छपेलाबाट प्रहरी घटनास्थलतर्फ प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: