घट्यो सुनको मूल्य

Share:

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ सय रुपैयाँले घटेको हो।

यो गिरावटसँगै सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँ कायम भएको छ।

गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँ कायम थियो।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ।

आज चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला १९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: