दशैँमा राजधानीबाट घर फर्किने संख्या बढ्दै, बस भरिभराउ : ‘टिकट पाउनै सास्ती’

197
0
Share:

काठमाडौँ। दशैँका लागि राजधानी काठमाडौँबाट बाहिरिनेको संख्या बढ्दै गएको छ। काठमाडौँको गोंगबु बसपार्कमा दशैँको लागी घर जाने तथा टिकट लिनेहरुको भीड लागेको छ। बसपार्कमा पुगेकाहरुले व्यवस्थापन राम्रो नभएको गुनासो गरेका छन्।

बाढी पहिरोका कारण सवारी साधन आउने जाने टुंगो नहुँदा यात्रीहरुलाई अग्रिम टिकट पाउन समस्या भएको छ।

देशका विभिन्न क्षेत्र बाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जाने गर्दछन्।

बसपार्कमा टिकट बुकिङका लागि दार्चुला, डडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुर लगायतका ठाउँमा जाने यात्रुको भीड लागेको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बाटोको अवस्था राम्रो हुँदै गएमा यात्रीहरुलाई गन्तव्यमा पुर्‍याउन हरदम प्रयास गर्ने बताएको छ। हरेक वर्ष दशैं मनाउनका लागि राजधानी काठमाडौं बाट २० लाखको हाराहारीमा यात्रु उपत्यकबाट बाहिरिने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: