सेभेन ‘ए’ साइट पुरुष खुला फुटबल : प्रि-क्वाटर र नकाउट चरणका खेल सम्पन्न

Share:

कास्की : छैटौं सेभेन ‘ए’ साइट पुरुष खुला फुटबल प्रतियोगिताको चौंथो दिन मंगलबार प्रि-क्वाटर र नकाउट चरणका खेल सम्पन्न भएका छन् ।

पोखरा महानगरपालिका- १४ मझेरीपाटन स्थित मेरो नेपाल युवा क्लबको आयोजनामा सुरु भएको खेलमा चाउथे एफ सि -ए, मालेपाटन एकेडेमि, वडा नम्बर २६, एट टु नाइन वाझापटन, कसेरी टोल जिरो वान, गंगा मेमोरियल मसिना र मेरो नेपाल -ए  क्वाटर फाइनल पुगेका हुन् ।

आज २३ गते क्वाटर फाइनल र समेफाइनल खेल सञ्चालन भइरहेको क्लवका संयोजक एकेन्द्र कुँवरले बिगखबरलाई जानकारी दिए ।

खेलमा विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडि पनि सहभागी भएका साथै राष्ट्रिय खेलाडिलाई सम्मान पनि गरिएको प्रचार प्रसार समितिका संयेजक पृथ्वी कुँवरले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: