
काठमाडौं : निर्देशक निश्चल बस्नेतले हिन्दी चलचित्रलाई मात्रै सिनेमा हलहरूले प्राथमिकतामा राखेको भन्दै आफू हलको विकल्प खोज्ने बताएका छन्।
दर्शकको राम्रो प्रतिक्रिया, साथ र अकुपेन्सी हुँदा पनि हिन्दी फिल्मलाई नै धेरै शोहरू दिएको भन्दै उनले आक्रोश पोखेका हुन्।
सामाजिक सञ्जालमार्फत बस्नेतले लेखेका छन्, ‘राम्रो प्रतिक्रिया, दर्शकको राम्रो साथ, राम्रो अकुपेन्सी हुँदापनि तपाईंहरू चाहिँ त्यही हिन्दी फिल्मलाई नै शो दिइराख्नु है, अकुपेन्सी आलु हुँदापनि।’
निश्चलको लगानी समेत रहेको ‘बेहुली फ्रम मेघौली’ घटस्थापनाको दिनदेखि प्रदर्शनरत छ।
कमेन्ट गर्नुहोस्
