
पोखरा। सुख्खा पहिरो खसेर अवरुद्ध बनेको अरनिको राजमार्ग सञ्चालनमा आएको छ। सडकको पहिरो पन्छाएपछि दुईतर्फी यातायात सञ्चालन भएको हो।
असोज २६ गते राति ९ बजे काभ्रको पाँचखाल नगरपालिका-८ स्थित ५० किलोमा सुख्खा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।
उनका अनुसार दुईतर्फी अवरुद्ध भएको राजमार्ग असोज २७ गते बिहान ९ बजे जेसीबीकोले पहिरो पन्छाई बाटो एकतर्फी यातायात सुचारु गरिएको थियो।
सोमबार अपरान्ह १२ बजे पूरै पहिरो पन्छाई बाटो दुईतर्फी यातयात सुचारु गरिएको उनले जानकारी दिए।
कमेन्ट गर्नुहोस्
