सुदूरपश्चिममा घरमा श्रीमती हुँदा-हुँदै २६९ पुरुषले गरे दोस्रो विवाह

146
0
Share:

बैतडी। सुदूरपश्चिममा दोस्रो विवाह गर्ने पुरुषको संख्या बढ्न थालेको छ। घरमा श्रीमती हुँदा-हुँदै अर्को विवाह गर्नेको संख्या सुदूरपश्चिममा बढ्न थालेको हो।

श्रीमानले दोस्रो विवाह गरेको भन्दै प्रहरीमा उजुरी दिने पीडित महिलाको संख्या बढेको छ। २०७७ देखि २०७९ सम्म मात्र सुदूरपश्चिममा २६९ पुरुषले घरकी श्रीमतीलाई जानकारी नगराएर सुटुक्क दोस्रो विवाह गरेको पाइएको छ।

श्रीमानले दोस्रो विवाह गरेको जानकारी घरकी श्रीमतीले थाहा पाएपछि दोस्रो विवाह गर्ने श्रीमान विरुद्ध प्रहरीमा उजुरी गर्नेको संख्या बढ्न थालेको हो।

सबैभन्दा बढी २०७७ सालमा एक सय ७ जना पुरुषले घरमा श्रीमती हुुँदाहुँदै अर्को विवाह गरेको पाइएको छ। २०७८ सालमा पनि थप ८२ पुरुषले दोस्रो विवाह गरेको भन्दै पीडित महिलाले कारबाहीको माग गर्दै प्रहरीमा निवेदन नै दर्ता गराएका थिए।

प्रदेशभित्र बहुविवाह गर्ने क्रम अहिले पनि जारी नै छ। २०७९ सालमा मात्र थप ८० जना पुरुषले दोस्रो विवाह गरेका छन्। श्रीमानले दोस्रो विवाह गरेका महिलाहरुको अवस्था नाजुक बन्दै गएको छ।

कमेन्ट गर्नुहोस्
Share: