रास्वपाको पोखरामा आन्दोलन : निषेधित क्षेत्र घोषणा

Share:

 

कास्की : पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति रवि लामिछाने पक्राउ गरेपछि प्रदर्शन गरेको छ ।

आन्दोलनबाट हुनसक्न सम्भावित जोखिम रोक्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यहाँ प्रदर्शन निषेधित क्षेत्र घोषणा गरिएको छ।  राष्ट्र बैंक चोकदेखि शहीद चोक, कास्की जिल्ला अदालतसम्म बाक्लो संख्यामा सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।

यसैबीच पार्टी सभापति पक्राउ परेपछि देशभर विरोध प्रदर्शनमा उत्रिएको रास्वपाले आज पनि प्रदर्शन जारी राख्ने भएको छ। रास्वपाले अरू जिल्लाबाट पनि कार्यकर्ता पोखरा बोलाएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: