अमेरिकाविरुद्धको टी-२० आई सिरिजमा नेपालको क्लिन स्विप

Share:

काठमाडौं : अमेरिकाविरुद्धको टी–ट्वेन्टी सिरिजमा नेपालले क्लिन स्विप गरेको छ। नेपालले अमेरिकालाई उसकै मैदानमा तीन खेलको सिरिजमा क्लिन स्विप गरेको हो।

आईसीसी विश्वकप लिग टू अघिको सिरिजबाट नेपाली टोलीले लयमा फर्किएको सन्देश दिएको छ। सिरिजको पहिलो खेल १७ रनले जितेको नेपालले आइतबार बिहान भएको दोस्रो खेल सुपर ओभरमा जितेको थियो। तेस्रो खेलमा नेपाल ८ विकेटले विजयी भयो।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो। अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५६ रन जोडेको थियो।
एकसय ५७ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले १६ दशमलव ४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। नेपालका लागि आशिफ शेखले अर्थशतक पूरा गरे। शेखले ३८ बल ५० रन पुरा गरेका हुन्। अनिल शाह १३ रन बनाएर आउट भए। कुशल भुर्तेल ४० रनमा नटआउट हुँदा कुशल मल्ल ४४ रन बनाएर क्रिजमा रहे।

कमेन्ट गर्नुहोस्
Share: