सुनको मूल्य २४ सयले घट्यो

Share:

काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला १ हजार रुपैयाँले घटेको सुनको भाउ आज पनि घटेको हो।

आज सुनको मूल्य २ हजार ४ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुनको मूल्य १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य समेत घटेको छ। चाँदीको मूल्य आज ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भईरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: