काठमाडौँबाट भैरहवा उडेको जहाज पोखरामा डाइभर्ट

369
0
Share:

पोखरा। काठमाडौँबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाज पोखरामा डाइभर्ट भएको छ।

मंगलबार बिहान काठमाडौँबाट उडेको बुद्धको जहाज भिजिबिलिटी कम भएपछि पोखरा डाइभर्ट भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार अहिले विमानस्थलमा कुनै उडान हुन सकेको छैन। पोखराबाट रवि लामिछानेलाई भैरहवा लग्ने तयारी भइरहेको छ।

तर, जहाज उड्न नसक्दा उक्त टोली समेत पोखराबाट अझै उड्न सकेको छैन। जहाजमा चढिसकेको रविसहितको टोली फेरि विमानस्थल टर्मिनलमा फर्किएको छ।

भैरहवामा भिजिबिलिटी नहुँदा जहाज जान नसकेको हो।

 

कमेन्ट गर्नुहोस्
Share: