
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ।
मंगलबार मध्याह्न १२ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रवि लामिछाने बोकेको बुद्ध एयरलाइन्सको जहाज उडेको थियो।
उक्त जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण भएको हो। अवतरण भएसँगै लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रूपन्देही लग्ने तयारी छ।
त्यसपछि उनलाई त्यहाँबाट सरकारी वकिल कार्यालय रूपन्देहीमा उपस्थित गराई बयान लिने प्रहरीको तयारी छ।
यस्तै, उनीमाथि बुटवलको सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो।
विमानस्थल बाहिर रास्वपाका कार्यकर्ताले प्रदर्शन गरिरहेका छन्।
कमेन्ट गर्नुहोस्
