भेडीखर्क कपको उपाधि भ्यू प्वाइन्ट सिक्स टु सेभेन मेटलाई

Share:

पोखरा। कास्कीको पोखरा महानगरपालिका- २२ भ्यू प्वाइन्टमा सम्पन्न दोस्रो भेडीखर्क सिक्स ए साइड फुटबल प्रतियोगिताको उपाधि भ्यूप्वाइन्ट सिक्स टु सेभेन मेटले जितेको छ।

शनिबार भएको फाइनल खेलमा नानु एफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै भ्यू प्वाइन्ट सक्स टु सेभेन मेट च्याम्पियन बनेको हो।

च्याम्पियन बनेको भ्यू प्वाइन्ट सिक्स टु सेभेन मेटले नगद रु ५१ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्‍यो।यस्तै उपविजेता बनेको नानु एफसीले नगद रु २६ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्‍यो।

सो प्रतियोगिताबाट मलिक गुरुङ सर्वोत्कृष्ट खेलाडीका रुपमा र अर्जुन थापा उत्कृष्ट गोलरक्षकका रुपमा पुरस्कृत भए। विजेता तथा उपविजेता टोलीका खेलाडीलाई गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, स्थानीय अग्रज तथा समाजसेवी लगायतले पुरस्कार वितरण गरेका थिए।

पोखरा भ्यू प्वाइन्ट युथ क्लबको आयोजनामा सम्पन्न सो प्रतियोगितामा कुल २० टिमको सहभागिता रहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: