सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक

323
0
Share:

काठमाडौँ। सुदूरपश्चिम रोयल्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ। सुदूरपश्चिले आज (मंगलवार) स्थानीय झ-झल्को दिने जर्सी सार्वजनिक गरेको हो।

मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी, ब्रान्ड एम्बेसडर ओलम्पियन दीपक विष्ट लगायतले नेपाल प्रिमियर लिग (एनपिएल) मा प्रयोग हुने जर्सी सार्वजनिक गरेका हुन्।

रोयल्सले विदेशी खेलाडीमा न्युजिल्यान्डका स्कट कुगेलेइन, यूएईका रोहन मुस्ताफा, स्कटल्यान्डका ब्रान्डन म्याकमुलेन र इंग्लिस क्रिकेटर सेफ अली जेबलाई अनुबन्ध गरिसकेको छ।

अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हगलाई प्रमुख मेन्टरमा लिएको छ। सुदूरपश्चिमको मुख्य प्रशिक्षकमा जगत टमाटा छन्।

सुदूरपश्चिमको टीममा मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अबिनास बोहोरा,  विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ र नरेन साउद रहेका छन्।

कमेन्ट गर्नुहोस्
Share: