नेप्से घट्दा कारोबार पनि घट्यो

Share:

काठमाडौँ। लगातार दुई कारोबार बढेर बन्द भएको नेप्से परिसूचक मंगलबार घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ११.२४ अंक घटेर २७४८.९६ विन्दुमा झरेको छ।

त्यसैगरी सेन्सेटिभ इण्डेक्स १.९३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५४ अंक घटेको छ। पछिल्ला दुई कारोबार दिनमा नेप्से परिसूचक ८४.६८ अंक बढेको थियो।

नेप्सेसँगै आज कारोबार पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ११ अर्ब ३१ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३१२ स्टकको ८२ हजार ५७० पटकको कारोबारमा ७ अर्ब ८५ करोड ९७ लाख रुपैयाँ बराबरको १ करोड ६७ लाख ८६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज नेप्से घटेपनि आज ४ वटा कम्पनी शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

आज गुराँस लघुवित्त वित्तीय संस्था, मेन्छियाम हाइड्रोपावर,बेष्ट फाइनान्स र एनएलजी इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

आज १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ।

कमेन्ट गर्नुहोस्
Share: