
पोखरा। सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच गण्डकी प्रदेशस्तरीय दुई दलीय राजनीतिक संयन्त्र गठन भएको छ। मंगलबार नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयमा संयन्त्रको पहिलो बैठक बसेको हो।
कांग्रेस प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षतामा बसेको बैठकमा प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेसका प्रदेश महामन्त्री विष्णुप्रसाद लामिछाने, नेकपा एमालेका प्रदेश इन्चार्ज किरण गुरुङ, पूर्वमुख्यमन्त्री खगराज अधिकारी र एमाले प्रदेश अध्यक्ष नवराज शर्माको उपस्थिति थियो।
केन्द्रको निर्णय अनुसार बसेको बैठकले कांग्रेस र एमाले गण्डकी प्रदेशको राजनीतिक संयन्त्रको बैठकको अध्यक्षता आलोपालो प्रणाली अनुसार संयोजन गर्ने निर्णय गरेको छ।
बैठकको व्यवस्थापन जुन दलले अध्यक्षता गर्ने हो सोही दलले गर्ने सहमति भएको छ।
