बयान दिएर फर्किदा रविले हात हल्लाउंदै भने- खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन

226
0
Share:

काठमाडौँ। सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि रुपन्देहीको भैरहवा लगिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान नसकिएपछि बुधबार पनि लिइने भएको छ।

मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ पौने ६ बजे स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई पोखराबाट मंगलबार दिउँसो भैरहवा लगिएको थियो।

प्रहरीले उनलाई विमानस्थलबाट सोझै सरकारी वकिलको कार्यालय वयानका लागि लगेको थियो।

बयान दिएर फर्कने क्रममा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले समर्थकलाई हेरेर हात हल्लाउंदै ‘खोरमा थुनिँदैमा बाघ स्याल हुंदैन’ भनेका छन्।

बयान दिएर निस्किने क्रममा उनी आत्मविश्वासी देखिन्थे। उनलाई प्रहरीको एक समूहलाई लग्दै थियो। त्यसक्रममा एकछिन रोकिएर रविले ‘खोरमा थुनिँदैमा बाघ स्याल नहुने’ बताएका हुन्।

उनको संक्षिप्त प्रतिक्रिया थियो, ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन्।’ लामिछाने पक्राउ परेपछि रास्वपा आन्दोलित छ।

कमेन्ट गर्नुहोस्
Share: