
काठमाडौँ। नेपाल मेडिकल कलेजमा अन्तराष्ट्रिय प्याथोलोजी दिवस मनाइएको छ। प्रत्येक वर्ष नोभेम्बर महिनाको दोश्रो बुधबार विश्वभर मनाईने गरिन्छ। नेपाल मेडिकल कलेजले आज विशेष कार्यक्रम नै गरी ‘प्याथोलोजी डे’ मनाएको हो।
सो अवसरमा एक कार्यक्रमकाविच सहभागीहरुले केक काटेर एकापसमा शुभकामना आदान प्रदान समेत गरेका छन्।कलेजका आयोजित कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष प्राध्यापक डा. जैनुद्धिन अन्सारीले स्वास्थ्य क्षेत्रमा प्याथोलोजीको महत्वपूर्ण भूमिका रहेको बताए।
कुनै पनि रोगको पहिचान गर्न तथा सहि उपचार गर्नका लागि प्याथोलोजीको योगदान रहने चर्चा गर्दै अध्यक्ष प्रा.डा. अन्सारीले भने ,‘हामीले पढ्ने बेलामा प्याथोलोजी भन्ने थिएन। त्यसपछि एउटा नोवल आयो, त्यसलाई अध्ययन गरेपछि मात्र प्याथोलोजीको महत्व थाहा भयो। त्यसपछि प्याथोलोजी डिपार्टमेन्ट भयो। त्यसअघि प्याथोलोजी ल्याब भन्थ्यौं। यो एकदमै महत्वपूर्ण विषय हो डायग्नोष्टिकका लागि। प्याथोलोजी विना रोग पहिचान हुन सक्दैन, डाक्टरको महत्व नै रहँदैन।’
अध्यक्ष प्रा.डा. अन्सारीले कलेजको प्याथोलोजी विभागलाई प्रभावकारी बनाउन प्रशासन तयार रहेको बताउँदै आवश्यक सहयोग र सहकार्य गर्ने बताए।
कार्यक्रममा बोल्दै कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यासमिनले प्याथोलोजी डेको अवसरमा शुभकामना दिँदै प्याथोलोजी विभागको महत्वको विषयमा चर्चा गर्दै विभागको सेवा र गुणस्तर सुधार गर्न र प्रभावकारी बनाउन अस्पताल प्रशासन सदैव सकारात्मक रहेको बताए।
प्याथोलोजी विभागले गर्ने विभिन्न कृयाकलाप र प्याथोलोजी विभागको महत्वलाई सबैलाई बुझाउन गरिने कार्यक्रमहरुलाई सहयोग गर्न प्रशासन तयार रहेको जिकीर गरे।
कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठाले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्याथोलोजी विभागको योगदान रहेको चर्चा गरे। भने, प्याथोलोजी विभागकी प्रमुख प्रा.डा. सुजता पुडासैनीले प्याथोलोजी डेको बारेमा चर्चा गरे।
सो अवसरमा कलेज प्राङ्गणमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो। पछिल्लो समय देशब्यापी रुपमा डेङ्गुका बिरामीहरुको संख्या बढिरहेको र रगतको समेत अभाब भएकाले प्याथोलोजी डेको अवसरमा रक्तदान गरिएको विभागकी प्रमुख प्रा.डा. पुडासैनीले बताए। कलेजका प्राध्यापक, विद्यार्थी, नर्स तथा अस्पतालमा आएका सेवाग्राहीले रक्तदान गरेका थिए।
