
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रारम्भिक निर्वाचन प्रक्रियाबाट आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनको उम्मेदवार छनोट गरेको छ।
बुधवार पार्टीको स्थानीय तह उपनिर्वाचन संयोजन समितिले उम्मेदवार टुंग्याएको हो। पार्टीका तर्फबाट भाग लिने उम्मेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनको पूर्वप्रकाशित तालिकाअनुसार आकांक्षी उम्मेदवारबीच छलफल र पार्टीको स्थानीय नेतृत्वको सिफारिसपछि ‘घण्टीवाहक’ उम्मेदवार छनोट गरिएको रास्वपाले जनाएको छ।
उम्मेदवार प्रारम्भिक निर्वाचनमा निर्वाचित भई पार्टीको तर्फबाट आसन्न उपनिर्वाचनमा ‘घण्टीवाहक’ उम्मेदवारका रुपमा चयन गरिएको रास्वपाले जनाएको छ।
उम्मेदवार, को-को छन् ?
कमेन्ट गर्नुहोस्

