अहिलेसम्मकै धेरै कमाउने नेपाली फिल्म बन्यो ‘पूर्णबहादुरको सारङ्गी’

Share:

काठमाडौँ। फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले सर्वाधिक कमाउने नेपाली फिल्मको इतिहास बनाएको छ।

फिल्मले प्रदर्शनको १३ औँ दिन मंगलबारसम्म देशव्यापी २५ करोड ४ लाख रुपैयाँ कमाएको छ।

फिल्मले यसअघि धेरै कमाउने फिल्ममा नाम लेखेको ‘कबड्डी ४’को रेकड समेत तोडेको हो।

वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले मंगलबार मात्र २ करोड ५ लाख रुपैयाँ कमाएको बताएको छ।

विजय बराल स्टार फिल्मले धेरै कमाउने घरेलु फिल्मको रूपमा इतिहास रचेको हो। निर्माताले दिएको आधारमा कबड्डी ४ को कलेक्सन ९२३ करोड ५० लाख० र चलचित्र विकास बोर्डले दिएको तथ्यांकको आधारमा (२१ करोड ३८ लाख) छ।

फिल्मले सर्वाधिक कलेक्सनको रूपमा मात्र इतिहास रचेन। सर्वाधिक शो पाउने, छोटो समयमा धेरै कमाउने लगायत विभिन्न रेकड समेत कायम गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: