पहिलो पटक विश्वकपमा छनोट भएको महिला क्रिकेट टोली आज स्वदेश फर्किँदै

351
0
Share:

काठमाडौँ। १९ वर्षमुनिको नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्किँदैछ। नेपाली महिला टोली आज बेलुका सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।

विश्वकप छनोटको अन्तिम तथा निर्णायक खेलमा हिजो घरेलु टोली यूएईलाई ८ विकेटले हराउँदै महिला टोली पहिलो पटक विश्वकपमा स्थान बनाएको थियो।

१९ वर्षमुनिको महिला विश्वकप आउँदो जनवरी १८ देखि मलेसियामा हुँदैछ।

कमेन्ट गर्नुहोस्
Share: