रुपन्देहीमा रविको बयान सकियो, भोलि बिहान कास्की ल्याइने

189
0
Share:

पोखरा। पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा बयान सकिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बिहीबार तेस्रो दिन रविसँग बयान लिइएको हो।

लामिछानेलाई आज (बिहीबार) भैरहवा नै राखिने भएको छ। उनलाई भोलि (शुक्रबार) बिहान कास्की ल्याइने
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

बुटवलको सुप्रिम सहकारी रकम सङ्गठित रूपमा ठगी गरेको आरोप उनीसँग तीन दिन बयान लिइएको थियो।

रुपन्देहीमा उनीसँग तीन दिन बयान लिएको हो।  प्रहरीले बुद्ध एयरमार्फत आज साँझ पठाउने तयारी गरेपनि ढिलो भएपछि भोलि पठाउने भएको हो।

रविलाई कास्कीबाट मंगलबार भैरहवा लगिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: