
काठमाडौँ। दार्चुलामा जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ। दुर्घटनामा सातजनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर-९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी-५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिम रहेका छन्। एक जनाको परिचय खुलेको छैन्।
मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका-५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो।
जात्रा हेरेर फर्किएकाहरू सवार जीप दुर्घटनामा परेका उनले बताए। घाइते सबैको अवस्था गम्भीर रहेको उनले बताए। घाइतेहरूलाई गोकुलेस्वर अस्पताल पठाइएको छ।
दुर्घटनाको कारण र जीपमा कतिजना सवार थिए खुल्न सकेको छैन। जीप सडकबाट करीब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
