दार्चुला जिप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ८ पुग्यो (नामसहित)

410
0
Share:

काठमाडौँ। दार्चुलाको मालिकार्जुन जात्राबाट दर्शनार्थी बोकेर गोकुलेश्वरतर्फ जादै गरेको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ जना पुगेको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका-९ नक्तड बस्ने ४५ वर्षीय दिलिप बिष्ट र ४० वर्षीया मिना लेखक, वडा नम्बर-५ लेकगाउँका ३० वर्षीय बिरेन्द्र रावल, २५ वर्षीया शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर-५ का ५० वर्षीय बिरेन्द्र बोहरा सोही ठाउँका, १६ वर्षीय सुजिव बोहरा, युपी भारतका ४५ वर्षीय मोहमद शाकिर र मेजावट भारतका १८ वर्षीय मोहमद ओसिल रहेका छन्।

यस्तै चालक मालिकार्जुन-८ पस्तीका सुनिल जोशीको टाउँकोमा गम्भिर चोट रहेको छ भने ठेगाना नखुलेका २२ वर्षीय प्रकाश रावल, डिलाशैनी-५ का उत्तम रोकाया, शैल्यशिखर लेकगाउँका सन्दिप रावल र भारतका रोहिन शाह घाईते भएको बताईएको छ। घाईतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

जात्राबाट घर फर्किने क्रममा घटेको अकल्पनीय घटनाले सिंगो दार्चुला सोकमग्न भएको छ।

कमेन्ट गर्नुहोस्
Share: