
काठमाडौँ। आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर १२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
उक्त वडामा रिक्त रहेको वडा अध्यक्ष पदको निर्वाचनका लागि शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले वडा कार्यालय भवनमा बोर्ड राख्दै कार्यालय स्थापना भएको घोषणा गरिन्।
उक्त अवसरमा जिल्ला समन्वय समिति प्रमुख ललित घलान, हेटौँडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामा, प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, जिल्ला सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्
