
पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीमा बयान गराएर जिल्ला प्रहरी कार्यालय लैजाँदा लामिछानेको पक्षमा नाराबाजी गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
लामिछानेलाई प्रहरी कार्यालय लैजाँदै गर्दा कार्यालय बाहिर नाराबाजी गर्न लागेका ७ जना रास्वपा कार्यकर्ता पक्राउ परेका हुन्।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा बयान गराएर भैरहवाबाट शुक्रबार लामिछानेलाई पाेखरा ल्याइएको हो।निषेधित क्षेत्रमा नाराबाजी गर्न लागिएपछि उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता वसन्त कुमार शर्माले जानकारी दिए।
प्रशासनले प्रहरी कर्यालय रहेको गैह्रापाटन क्षेत्र र सहिदचोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ।
कमेन्ट गर्नुहोस्
