
काठमाडौँ। नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उठाउने निर्णय गरेको छ। शनिबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय समितिको बैठकले सो निर्णय गरेको हो।
मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि सो नगरपालिकाको प्रमुखमा डंगोललाई उठाउने निर्णय भएको कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाले कांग्रेस जिल्ला कार्य समिति काठमाडौँलाई परिपत्रमार्फत जानकारी गराएका छन्।
कमेन्ट गर्नुहोस्

