दक्षिण भारतीय अभिनेता प्रदीप रावत आइतबार नेपाल आउँदै

Share:

काठमाडौँ। दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रदीप रावत भोलि (आइतबार) नेपाल आउने भएका छन्। आफू अभिनीत नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ हेर्न र नेपाली दर्शक भेट्न ‘गजनी भिलेन’ रावत काठमाडौँ आउन लागेका हुन्।

उनी श्रीमतीसहित आइतबार दिउँसो काठमाडौँ आइपुग्ने फिल्मका निर्देशक चन्द्र पन्तले बताए।

‘ह्रस्व दीर्घ’ मा रावतले अभिनेत्री नीता ढुंगानाको बुवाको भूमिकामा अभिनय गरेका छन्। रावत यसअघि यो फिल्मको छायांकनका लागि काठमाडौँ आएका थिए।

शुक्रबारदेखि प्रदर्शनमा आएको नीता ढुंगाना निर्मित ‘ह्रस्व दीर्घ’ ले सुखद् सुरूआत गरेको छ।

फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, प्रदीप रावत, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, सुनील वर्मा र प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसी लगायत कलाकारहरूको अभिनय छ।

 

कमेन्ट गर्नुहोस्
Share: