
काठमाडौँ। बैतडीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको दशरथचन्द नगरपालिका-९ लमौताका ३६ वर्षीय तारादत्त जोशी र ४३ वर्षीय महेशदत्त जोशी भरुवा बन्दुकसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
उनीहरुलाई एक थान भरूवा बन्दुकसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो। मादक पदार्थ सेवन गरेर बन्दुकसहित स्थानीयहरुलाई तर्साउन खोजेपछि नागार्जुन प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक पाण्डेयले बताए।
पक्राउ परेकाहरुकामाथि आज (आइतबार) जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान शुरु गरिने प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए।
कमेन्ट गर्नुहोस्
