सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो

Share:

काठमाडौँ। निरन्तरको गिरावटलाई ब्रेक लगाउदै आज नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १  हजार रुपैयाँले बढेको छ।

संघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भईरहेको छ।

अघिल्लो दिन सुनको कारोबार १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य आज १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९२० रुपैयाँ कायम भएको छ।

कमेन्ट गर्नुहोस्
Share: