
काठमाडौँ। उत्तरी गाजाको बेत लाहिया शहरमा इजरायली हवाई आक्रमणमा हालसम्म ३४ जनाको मृत्यु भएको छ। स्थानीय नागरिक सुरक्षा निकायले यसबारे जानकारी दिएको हो।
एएफपीले एजेन्सीलाई उद्धृत गर्दै आक्रमणमा मारिनेमा अधिकांश महिला र बालबालिका रहेको बताएको छ। आक्रमणमा सात जना घाइते भएका छन्।
इजरायली सेनाले हमासलाई पुनस् संगठित हुन नदिन उत्तरी गाजामा आक्रमण गरिरहेको बताएको छ।
इजरायली आक्रमणका कारण विगत पाँच हप्तामासवा लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। इजरायलमा हमासले अक्टोबर ७ मा हमला गरेको थियो र त्यसमा १,२०० जनाको मृत्यु भएको थियो।
इजरायलको जवाफी कारबाहीका कारण गाजामा हालसम्म ४४ हजार मानिसले ज्यान गुमाएका छन्।
कमेन्ट गर्नुहोस्
