पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि सानो गौचरणमा, प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

Share:

काठमाडौँ। पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाइका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ। सानो गौचरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली प्रकट गरेका छन्।

ढुंगानालाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री, कांग्रेस सभापति शेरबहादुर देउवासहित, दलका शीर्ष नेता, मन्त्रीलगायत शुभेच्छुक पुगेका छन्। देउवाले पार्टीको झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली दिए।

पूर्वसभामुख ढुंगानाको उपचाररत क्रममा ८३ वर्षको उमेरमा आइतबार निधन भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: