
काठमाडौँ। एक्शन लभस्टोरी फिल्म ‘सत्या’ को ट्रेलर सार्वजनीक गरिएको छ। मंसिर १४ गते प्रदर्शन हुने फिल्मको ट्रेलर आइतबार सिटी स्क्वायर मल,सामाखुशीस्थिति क्युएफएक्स सिनेमामा आयोजीत प्रेसमिटमा प्रदर्शन गरिएको हो।
मिलन आले मगरको निर्देशनमा बनेको फिल्मको साढे दुई मिनेट लामो टे«लरमा एक्शनलाई बिशेष जोड दिइएको पाइन्छ। विकास थापा मगरको प्रस्तुति रहेको फिल्ममा राज कालाखेती,प्रिया शर्मा,करणसिंह बोहरा,बिकास थापा मगर,वर्षा थिङ,सुमन खत्री,तेजा ऐर,ममता पौडेललगायतका कलाकारले अभिनय गरेका छन्।
ट्रेलर लञ्ज प्रोग्राममा निर्देशक आलेमगरले ‘सत्या’ केही समयअघि निर्माण गरिएको भए तापनि समयसान्दर्भीक रहेको बताए। प्रस्तुतकर्ता तथा अभिनेता विकास थापामगरले फिल्मका हिरोइन तथा केही निर्माता बिदेशमा रहेकाले प्रदर्शनमा अलि ढिला भएको बताउँदै ‘सत्या’ भरपुर मनोरञ्जक बनेको दाबी गरे।
यसै फिल्मबाट अभिनयमा पाइला राखेका राज कालाखेतीले ‘सत्या’ बाट आफू निकै आशावादी रहेको बताए। उनले पछिल्लो समय एक्शन फिल्मप्रति दर्शकको रुचि बढेकाले आफ्नो फिल्म पनि दर्शकले मन पराउने बिश्वास व्यक्त गरे।
धनेश्वर फिल्मस् एण्ड एडभरटाइजिङको प्रस्तुत रहेका ‘सत्या’ को निर्मातामा सुमन खत्री र झुम्कादेवी कालाखेती छन्। विकास थापा मगरको प्रस्तुति रहेको फिल्मको स्क्रिप्ट श्रवण सम्राटले लेखेका हुन्।
सुमनकुमार तण्डुकारले खिचेको फिल्मका गीतमा बिकास चौधरीको संगीत,रामजी लामीछाने,सुरेश पाण्डे र सुरेन बसेलको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’ को सम्पादन छ।
