पुर्वसभामुख ढुंगानाको राजकीय सम्मानकासाथ पशुपति आर्यघाटमा अन्त्येष्टि

Share:

काठमाडौँ। पुर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि गरिएको छ। ढुंगानाको सोमबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो।

ढुंगानालाई छोराहरु निमेष र निशेषले दागबत्ती दिए। त्यसक्रममा नेपाली सेनाको एक टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो। त्यसअघि सोमबार उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि गौशाला नजिकै सानोगौचरनमा राखिएको थियो। त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।

श्रद्धाञ्जली अर्पण गर्न पूर्वराष्ट्रपति डा. रामवरण यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत पुगेका थिए।

सोमबारै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो। साथै सरकारले ढुंगानाको निधनको शोकमा सोमबार सार्वजनिक बिदा दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: