
काठमाडौँ। मंसिर ५ गतेदेखि सहकारी पीडितहरूले गर्ने काठमाडौँ केन्द्रित आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐक्यबद्धता जनाएको छ।
मंगलबार कार्यवाहक प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै सहकारी पीडितको आन्दोलनमा ऐक्यबद्धता रहेको जनाएका हुन्।
‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान’ नामबाट सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन सुरु गर्दैछन्।
फितलो कानुन, भएको कानुनको इमान्दार कार्यान्वयन नहुनु र पटकपटक बचतकर्तालाई आश्वासनको भरमा अभियान असफल पार्न राज्य नै लाग्नाले सहकारी समस्याको समाधान नभएको रास्वपाले बताउँदै आएको छ।
कमेन्ट गर्नुहोस्

