उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गरिँदै

117
0
Share:

काठमाडौँ। स्थानीय तह उपनिर्वाचनअन्तर्गत बुधबार उम्मेदवारको अन्तिम नामावली प्रशासन हुने भएको छ। त्यसअघि उम्मेदवारलाई नाम फिर्ता लिन समय दिइएको छ।

बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जानकारी दिएको छ। कार्यतालिका अनुसार आजै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ। दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ। कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ।

कमेन्ट गर्नुहोस्
Share: