स्याङ्जामा लडेर एक जनाको मृत्यु

Share:

पोखरा। स्याङ्जाको भिरकोटमा एक जनाको मृत्यु भएको छ। बिहीबार अपराहन्न करिब ५ बजे भिरकोट नगरपालिका वडा नं- २ डाँडाकोटका तारा बहादुर बस्नेत शव भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बस्नेत घर फर्किने क्रममा गोरेटो बाटोबाट सडकमा खसेका थिए। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ।

उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

कमेन्ट गर्नुहोस्
Share: