
पोखरा। कास्कीको माछापुच्छ्रे गाउँपालिकाले छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रम बिहीबार देखि सुरु भएको छ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिकाकोे आयोजनमा भएको प्रतियोगिताको,उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य गणेश गुरुङले मानिस खेलका माध्यमबाट स्वास्थ्य, सुखी र समृद्ध बन्न सक्ने, खेलले बालबालिकाको शारिरिक तथा बौद्धिक विकासमा महत्वपूर्ण भुमिका रहने साथै खेलको माध्यमबाट व्यक्ति, समाज र राष्ट्रलाई चिनाउन सकिने हुदा खेलकुलाई हरेक क्षेत्रले प्राथामिकतामा राख्नु पर्ने धारण व्यक्त गरे।
गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले खेल क्षेत्रमा गुणात्मक प्रगति गर्नको लागि गाउँपालिकाले आगामि दिनमा अझै रचनात्मक कार्यक्रमलाई अगाडी बढाउने विश्वस व्यक्त गरे।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपिकृष्ण अर्यालले गत वर्ष जसरी यस वर्ष संघीय सरकारबाट सहयोग नरहेता पनि खेलकुदलाई प्राथामिकतामा राखेर पालिकाको आर्थिक लगानिमा यस खेललाई निरन्तरता दिएको बताए। प्रतियोगितामा सहभागि विद्यालय साथै विधार्थीहरुलाई सहभागिताका लागि धन्यवाद समेत व्यक्त गरे।
वडा न.२ का अध्यक्ष एवं प्रवक्ता गणेश आर्चायले राष्टिय नेतृत्वमा रहेका नेताहरुको विभिन्न भ्रष्टचारका समाचारहरु आउँदा यस्ता खेलकुदका माध्यम साथै अन्य क्षेत्रमा भविष्य खेजिरहेका यूवाहरुमा निरशा छाएको बताए।
यस्तै कार्यक्रममा शुभकामना दिँदै वडा न. ९ का अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक हरि क्षेत्रीले खेलमा हारजित त भै हाल्छ तर खेल मर्यादित, अनुशासित र लगनशील भएर खेल्न खेलाडीहरु आग्रह गरे।
आइतबार भएको खेलमा मार्च पास तर्फ प्रथम सागर मेमोरियल बोडिङ स्कुल, द्धितीय शुक्ला गण्डकी मा.वि, तृतीय सारदा मा.वि भएको छ।
पुरुष १५०० मि. दौडमा प्रथम माछापुच्छ्रे मा. विका अनुप नेपाली ,द्धितीय निश्पक्ष मा.विका नविन वि.क, तृतीय उदय मा.विका कुशल नेपाली भए। महिला १५०० दौडमा प्रथम बराह मा.वि कि पुर्णिमा नेपाली, द्धितीय उदय मा.विकी सरस्वती भण्डारी, तृतीय महेन्द्र मा.वि की सम्झना अधिकारी रहेका छन्। पुरुष ४०० मि. दौडमा प्रथम शुक्लागण्डकी मा.विका पृतम परियार, द्धितीय बराह मा।विका रोहित परियार, तृतिय महेन्द्र मा.वि का अरुण परियार भए। महिला ४०० मि. दौडतर्फ प्रथम पृथ्वीनारायण मा.वि की विनिता वि.क, द्धितीय बराह मा.वि की विपना अधिकारी र तृतीय शुक्लागण्डकी मा.वि की दिपिशा पोखरेल हात पारिन्।
पुरुष १०० मि. दौडमा ज्ञानज्योति बोर्डिङ स्कुलका एलन शाही प्रथम, पृथ्वीनारायण मा.वि का आविष्कार वि.क द्धितीय र शुक्लागण्डकी मा.वि का अद्धितीय भारती तृतीय भएका छन्। महिला १०० दौडतर्फ सागर मोमोरियल बोर्डिङ स्कुलकी सन्ध्या लम्साल प्रथम, शुक्लागण्डकी मा.वि की प्रतिज्ञा पोखरेल द्धितीय र निष्पक्ष मा.वि की एलिना लामिछाने तृतीय भएकी हुन्।
लम्बजम्पमा महिलातर्फ महेन्द्र मा.वि की कुशुम नेपाली प्रथम ,शुक्लागण्डकी मा.वि की प्रतिक्षा पोख्रेल द्धितिय र निष्पक्ष मा.वि की एलिना लामिछाने तृतीय भईन्।
नृत्यतर्फ प्रथम सागर मेमोरियल बोडिङ स्कुल, द्धितीय उदय मा.वि र तृतीय बराह मा।वि रहेको छ।
गाउँपालिका उपाध्यक्ष सीता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत वडा न. ९ का अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक हरि क्षेत्रीले र सञ्चालन शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख सम्झना पोखेरेल गरिन्।
मंसिर ६ गते देखि ८ गतेसम्म लाहाचोक महेन्द्र मा. विको खेल मैदानमा सञ्चालन हुने रनिङ शिल्ड प्रगियोगितामा पालिका भित्रका १२ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ।


