आजको मौसमः चार प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

Share:

काठमाडौँ। हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने छ।

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।


कमेन्ट गर्नुहोस्
Share: