आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Share:

काठमाडौँ। नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९४० रुपैयाँ कायम भएको छ।

कमेन्ट गर्नुहोस्
Share: