
पोखरा। कास्कीको माछापुच्छ्रे गाउँपालिकाको आयोजनमा भएको माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताको उपाधि माछापुच्छ्रे -४,लाहाचोकको ज्ञानज्योति बोर्डिङ स्कुले हात पारेको छ।
पालिकाका १२ वटा विद्यालय सम्मिलित प्रतियोगितामा ५ स्वर्ण २ रजत र १ कास्य प्राप्त गरि उपाधि चुमेको छ। रनिङ शिल्डसंगै विद्यालयले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ।
यता ५ स्वर्ण १ रजत र ३ कास्या प्राप्त गरि माछापुच्छ्रे मा.वि दोस्रो भएको छ। बराह मा.विले ४ स्वर्ण ७ रजत २ कास्याका साथ तेस्रो स्थान पाप्त गरेको छ। दास्रो र तेस्रो हुने विद्यालयले क्रमशः १० हजार , ७ हजार ५ सय रुपया,साथमा ट्रफी पुरस्कार प्राप्त गरेका छन्।
उक्त प्रतियोगितामा अन्तर मा.वि भलिबल छात्रा/छात्र ,कबड्डी छात्रा-छात्र ,एथलेटिक्स दौड ट्रयाक १००,२००,४००,८००,१५०० र ३००० मि. साथै छात्रा/छत्रा ४ ×१०० मि.रिले, ४×४०० मि.रिले, छात्रा/छत्रा, हाइजम, लङजम्प , ट्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट, मार्चपास लगाएतका खेलहरु सम्पन्न गरेको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समिति सदस्य सचिव हुम गुरुङले बताए।
स्वास्थयका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ यही मंसिर ६ गते देखि ८ गते सम्म मेहेन्द्र माध्यमिक विद्यालयको खेल मैदान लाहाचोकमा भएको थियो।
सरकारले विद्यालयको खेलकुद प्रतिभाको खोजि गर्दै सम्बर्धन र प्रवद्रधन गर्ने लक्ष्य सहित देशको संघीय संरचनाअनुसार स्थानीय,प्रदेश र सघस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको छ। राष्ट्रपति रनिङ एक राष्ट्रिय स्तरको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हो।
गाउँपालिका अध्यक्ष मिन गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षा यूवा तथा खेलकुद शाखा प्राविधिक साहायक विष्णु अधिकारीले गरेका थिए।
कमेन्ट गर्नुहोस्
