सरकारले घटायो सुनको भन्सार दर

Share:

काठमाडौँ । सरकारले लिएको नीतिका कारण भारतबाट सुन तस्करी मौलाएपछि त्यसलाई रोक्ने उद्देश्यले भन्सार दर घटाइएको छ।

सरकारले सुनको साबिकको भन्सारदर २० प्रतिशतलाई घटाएर १० प्रतिशतमा झारेको हो।

केही दिनअघि नै मन्त्रिपरिषदले अर्थमन्त्रालयको प्रस्तावमा भन्सारदर महङ्गो हुँदा भारतमा भन्दा नेपालमा सुनको मूल्य प्रतितोलामै २० हजार रुपैयाँ हाराहारीमा सस्तो परेपछि तस्करीले प्रश्रय पाएको थियो।

यही कारण पछिल्लो समय औपचारिक बाटोबाट नेपाल भित्रिने सुनको आँकडामा पहिरो गएको देखिएको थियो। अनौपचारिक च्यानलबाट सुन तस्करी हुँदा करोडौंको भन्सार गुम्न थालेको थियो।

यही कारण तस्करी बढाउने नीतिलाई संसोधन गरी सुनमा लाग्दै आएको भन्सारदर २० प्रतिशतबाट १० प्रतिशतमा झारिएको र चाँदीको भन्सार दर पनि साबिकको १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको छ।

भन्सार विभागका महानिर्देशक हरिशरण पूडासैनीले मन्त्रिपरिषदको निर्णय आइतबार मात्र आफूहरुलाई प्राप्त भएका कारण सोही दिनदेखि भन्सार दर कार्यान्वयनमा ल्याउने गरी मातहतका सबै निकायलाई पत्राचार गरि सकिएको जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: