सुनको मूल्यमा पहिरो, एकैदिन तोलामा करिब १६ हजारले घट्यो

Share:

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला १७ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १५ हजार ९सय रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १०० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८६० रुपैयाँ कायम भएको छ ।

सरकारले सुनको साबिकको भन्सारदर २० प्रतिशतलाई घटाएर १०  प्रतिशतमा झारेसँगै आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो। यस्तै चाँदीको भन्सार दर पनि १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: