केपी ओली र शंकर पोखरेललाई गाली गरेको भन्दै प्रदेश सांसदलाई एमालेबाट हटाइयो

218
0
Share:

काठमाडौँ। नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई गालीगलौज गरेको भन्दै प्रदेश सांसद दुर्गा चौधरीलाई पार्टीबाट हटाएको छ। मंगलबार एमाले बाँके जिल्ला अध्यक्ष निरक गुरुङले प्रदेश सांसद चौधरीलाई पार्टीबाट हटाएको पत्र पठाएका छन्।

पत्रमा स्पष्टीकरण सोध्दा पार्टीविरुद्ध जवाफ दिएको भन्दै निलम्बन गरिएको उल्लेख छ।

“स्पष्टीकरणको जवाफ दिने सन्दर्भमा आफ्ना कमी कमजोरीप्रति महसुस गर्नुको साटो उल्टै पार्टी नेता, कार्यकर्ता र समग्र पार्टीका विरुद्धमा लिखित जवाफ दिनुभएको हुँदा तपाईंलाई पार्टी विधानको धारा ८१ (७) को अनुशासनको कारबाहीको व्यवस्थाअनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको जानकारी गराउँदछु,” उनले प्रदेश कमिटी र पार्टी केन्द्रीय कार्यालयलाई बोधार्थ दिएर पठाएको पत्रमा उल्लेख छ।

चौधरी बाँके क्षेत्र नम्बर १ ९ख० बाट मा लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन्।

कमेन्ट गर्नुहोस्
Share: