
पोखरा। नेपाली काँग्रेस कास्की र नेकपा एमाले कास्कीको दुई दलीय संयन्त्रको बैठक विहीबार बसेको छ ।
कास्की काँग्रेसका सभापति किशोर दत्त बरालको अध्यक्षतामा बसेको बैठकले विभिन्न दुई वटा निर्णय गरेको छ।
बैठकले दुई दलीय सयन्त्रले प्रधानमन्त्री के.पी शर्मा ओलीसँग भेटघाट गरी पोखराको विकास निर्माण बारे जानकारी गराइएको विषय उपलब्धमूलक भएको निष्कर्ष सहित समय उपलब्ध गराउने प्रधानमन्त्री प्रति हार्दिक आभार व्यक्त गरेको छ।
त्यस्तै पोखरा महानगरपालिकाका विविध समस्या समाधानका लागि पहल र सहजिकरण गर्ने पनि निर्णय गरेको बैठकमा सहभागि कास्की काँग्रेसका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए।
बैठकमा नेकपा एमालेको तर्फबाट केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज कृष्ण थापा, जिल्ला अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्री र कास्की काँग्रेसका उपसभापति युवराज कुँवर सहभागी भएको थिए।
