
काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिका-८ लामबगरमा बसबाट खसेर दुई जनाको मृत्यु भएको छ। यात्रु चढाउने र ओराल्ने क्रममा रोकिराखेको अर्को गाडीमा ठोक्किंदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी नुवाकोटको ककनी गाउँपालिका-५ का ४५ वर्षीय सञ्चबहादुर लामा र तादी गाउँपालिका-१ का ५८ वर्षीय सुन्तली ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका एकजनालाई उपचारका लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ।
तारकेश्वरबाट रत्नपार्क आइरहेको बा ४ ख ७१११ को बसमा झुण्डिएर बसेका यात्रु बाटोमा रोकिरहेको बा ३ क १६६६ गाडीसँग ठोकिँदा दुर्घटना भएको हो।
कमेन्ट गर्नुहोस्
